हेटौंडाः हेटौंडा–९, कर्रामा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । बुधबार राती १० बजेको समयमा स्थानीय २८ वर्षीय अजित लामा चक्कु प्रहारबाट घाइते भएका हुन् ।
लामालाई चक्कु प्रहार गर्नेको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घाइते लामालाई हेटौंडा अस्पतालमा उपचार पछि थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।