हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आवश्यक स्थानमा किटाणुहरु नष्ट गर्न तथा किटाणुहरुको वृत्तिविकास हुन नदिन डिस–इन्फेक्सन गर्दै आएको छ । डिस–इन्फेक्सन गरेपछि सो स्थानमा किटाणुहरु वरिपरि आउन नसक्ने हुन्छ । विशेषगरी यस्तो अस्पताल क्षेत्रमा, सडक बाटोमा, विद्यालय कार्यालय छेउमा गरिँदै आएको छ । हेटौंडा उपमहानगरले आवश्यकता र वडाको मागको आधारमा डिस–इन्फेक्सन गर्ने गरेको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । आज हेटौंडा अस्पतालमा डिस–इन्फेक्सन गर्ने भनिए तापनि पानी परेकोले रोकिएको बताइएको छ ।