Home अर्थ/व्यापार सौन्दर्यकर्मी यूनियनद्वारा सरकारको ध्यानाकर्षण

सौन्दर्यकर्मी यूनियनद्वारा सरकारको ध्यानाकर्षण

हेटौंडाः राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगरपालिका कमिटीले आज एक विज्ञप्ती जारी गर्दै आफुहरु पेशाबाटै विस्थापित हुनुपर्ने अवस्था भएको भन्दै तीनै तहका सरकारलाई व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका छन् ।
सौन्दर्यकर्मीहरुले पेशा अपनाएर काम गरिरहेका स्वरोजगार श्रमिकहरु दैनिक ज्यालादारी श्रमिक सरहका श्रमिक रहेको बताउँदै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । लकडाउनका कारण पेशा बन्द भएको भन्दै घर परिवार चलाउन, सरकारलाई कर तिर्न, ऋणको व्याज र किस्ता तिर्न, मासिक चर्का घरभाडा तिर्ने नसकेर विस्थापित हुनुपर्ने अवस्था आएको युनियनले विज्ञप्तीमार्फत सम्बन्धितको ध्यानाकर्षण गरेका छन् ।
हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष सजिता केसी र सचिव भगवती श्रेष्ठद्वारा जारी विज्ञप्तीमा सरकारले कोरोना भाइरसबाट बच्न उठाएको कदमको, परिचालित गरिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको कार्यप्रति सम्मान पनि व्यक्त गरिएको छ । साथै आफुहरुले पनि सक्दो राहत सहयोग गरेको र जनचेतना पुर्याउने काममा लागीपरेको भन्दै यस्तो अवस्थामा एकअर्काको सहयोग गर्न सौन्दर्यकर्मी युनियन हेटौंडा उपमहानगरपालिका कमिटीले नागरिकहरुमा आग्रह गरेको छ ।

Exit mobile version