गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशमा विभिन्न घटनामा ४ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र काभे्र दुई जिल्लाका ४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यलय हेटौंडाले जानकारी दिएको छ ।

चितवनको इच्छाकामना गाँउपालिका ३ मौवा खोलामा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । सोही ठाँउ बस्ने ३२ वर्षीय प्रेम बहादुर गुरुङको मृत्यु भएको हो । पृथ्वी राजमार्गमा धादिङतर्फबाट फिस्लिङतर्फ आउँदै गरेको ना ३३ प ३६५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । बाटो साइडको नालीमा खसेर गुरुङ घाइते भई उपचारको लागि भरतपुर अस्पताल पठाएको थियो । उपचारको क्रममा गुरुङलाई डाक्टरले मृत्यु घोषण गरेको प्रहरीले जनाएको छ ।

यस्तै, चितवनकै राप्ती नगरपालिका–९ अमृतपानीमा एक जना पुरुषको मृत्यु भएको छ । सोही ठाँउ बस्ने ५४ वर्षीय देब बहादुर प्रसाईं मादक पदार्थ सेवन गरी सुतिरहेका अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रसाईको भान्जी लक्ष्मी मल्लले देखेर बोलाउदा अचेत अबस्थामा रहेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी खटि गई हेर्दा प्रसाई मृत अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

काभ्रे जिल्लाको बनेपा नगरपालिका–१० पुन्यमाता खोलामा एक पुरुषको शव फेला परेको छ । पुन्यमाता खोलाको छेउमा पहिचान नखुलेको अन्दाजी ४५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो । पुरुष ब्यक्ति सुतिरहेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी खटेर बुझ्दा कालो पाईन्ट, पातलो कालो ज्याकेट बाहिर, सेतोमा निलो धर्का भएको सर्ट लागाएको पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

काभ्रेकै पनौती नगरपालिका–१ काफलडाँडामा एक पुरुषको मृत्यु भएको छ । सोही ठाँउ बस्ने सोम बहादुर तामाङको छोरा शुभराज तामाङको मृत्यु भएको हो । २५ वर्षीय तामाङ मादक पदार्थ सेवन गरी घरबाट हिँडेकोमा अबेलासम्म घरमा नआएपछि आफन्तहरु खोजतलास गर्दै जाँदा झाङ्ममारे खोलाको किनारमा लडिरहेको अवस्थामा फेला पारेका थिए । उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याएकोमा तामाङको बाटोमा नै मृत्यु भइसकेको भनि डाक्टरले जानकारी गराएको प्रहरी जनाएको छ । शव शिर मेमोरियल अस्पतालमा रहेको जनाईएको छ । यस्तै, विभिन्न घटनामा ४ जना घाईते भएका छन् ।