Home मुख्य समाचार विभिन्न घटनामा २ जनाको मृत्यु

विभिन्न घटनामा २ जनाको मृत्यु

गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशमा विभिन्न घटनामा २ जनाको मृत्यु भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका ४ लाङ्घाली चोकका एक जना पुरुषको शव फेला परेको छ । लाङ्घाली चोक बस्ने गुण बहादुर बिक बिहीबार बिहान ७ बजेको समयमा मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

६३ वर्षीय बिक घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भइरहेको र शंकास्पद नरहेको प्रहरीले जानकारी दिएको छ । शव पोस्मार्टमका भरतपुर अस्पतालमा रहेको प्रहरी जनाएको छ ।

यस्तै, भरतपुर महानगरपालिका–११, जखडीमाईमा घरको छतबाट लडी एक बालकको मृत्यु भएको छ । २ वर्षीय सियास भट्ट बिहीबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा आफ्नै घरको छतबाट लडी मृत्यु भएको हो । छतमा खेल्ने क्रममा ३ तला माथिबाट खसी गम्भीर घाईते भएर उपचारका लागि नयाँं मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी जनाएको छ । बालकको शव पोस्मार्टमका लागि भरतपुर अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

Exit mobile version