हेटौंडाः मकवानपुरमा बुधबार १ सय ५८ जनामा डेंगु संक्रमण देखिएको छ । जसमा हेटौंडा उपमहानगरपालिकामा मात्रै १ सय ४४ जनामा डेंगु संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, मकवानपुरगढी गाउँपालिकामा ३ जना, मनहरी गाउँपालिकामा ५ जनामा संक्रमण देखिएको छ । त्यसैगरी, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकामा १/१ जनामा र अन्य जिल्लाका ४ जनामा डेंगु देखिएको हो । यो सँगै हालसम्म मकवानपुर जिल्लामा ३ हजार ७ सय ६२ जनामा डेंगुको संक्रमण देखिएको छ ।











