हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको आइसोलेशनमा ११ जना रहेका छन् । श्रमीक माविमा रहेको आइसोलेशनमा पुरानो १ जनाको आज डिस्चार्ज हुने र ११ जना रहने इन्चार्ज भोला चौलागाईले बताउनुभयो । आइसोलेशनमा ५ जना विदेशबाट आएका, ३ जना भारतीय र अन्य कन्ट्राक ट्रेसमा रहेका श्रीमान् श्रीमती रहेको बताइएको छ । आइसोलेशनमा हेटौंडा अस्पतालको ज्वरो क्लिनीकबाट अत्याधिक ज्वरो आएका तथा कोरोनाका लक्षण मिलेकाहरुलाई तथा विदेशबाट आएका व्यक्तीहरुलाई आइसोलेशनमा बस्न रेफर गरिने गरिएको छ । हेटौंडा अस्पतालमा हिजो साझ सम्म ३ सय २ जनाले ज्वरो क्लीनकको सेवा लिएको हेटौंडा अस्पतालका सुचना अधिकारी राजिव झाले बताउनुभयो । उहाँका अुनसार दैनिक १५ देखि १८ जनासम्म ज्वरो क्लीनकमा आउने गरेका छन् ।
नगरमा १ सय ३६ किटको प्रयोग
हेटौंडा उपमहानगरपालिकाले आजसम्म १ सय ३६ जनाको र्यापिड डायगोनोष्टिक टेष्ट (आरडिटी) गरेको छ । आरडिटी को माध्यमबाट विदेशबाट आएका तथा शंकास्पद व्यक्तिलाई टेस्ट गरेको छ । ४ जनाको आरडिटी टेस्ट पोजेटिभ आएपनि पिसिआर टेस्ट गर्दा कोरोना नेगेटिभ आएको थियो । अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म नगरले हेटौंडा ४, १६, १७ र १८ मा आरडिटी टेस्ट गरेको हो । नगरका स्वास्थ्य शाखाका प्रमुख भोला चौलागाईका अनुसार हेटौंडा उपमहानगरलाई सुरुमा एक सय आरडिटी टेस्ट किट प्राप्त भएको थियो भने पछि एक सय गरी २ सय किट प्राप्त भएको छ । आजसम्म १ सय ३६ किट प्रयोग भएको उहाँले जानकराी दिनुभयो । त्यस्तै अब नगरले कुन स्थानमा र्यापिड डायगोनोष्टिक टेष्ट (आरडिटी) गर्ने भन्ने बारे छलफल भैरहेको उहाँले बताउनुभयो ।