हेटौंडाः हेटौंडा २ संगम चोकमा संचालनमा रहेको सम्बन्ध बुटिकमा आगलागी हुँदा एक लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ । आज सोमबार बिहान साढे १ बजेको समयमा कृति ग्लानले भाडामा लिई संचालन गरेको बुटिकमा ईलोक्ट्रोनिक मेशिनबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रहरी, स्थानिय र दमकलको सहयोगमा करिब ४५ मिनेटको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको कार्कीले बताउनुभयो । आगलागीबाट एक लाख २० हजार रुपैयाँ बराबरको ईलोक्ट्रोनिक मेशिन ३ थान र सिलाईको लागी राखिएको कपडाहरु ५० हजार रुपैैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।










