हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मकवानपुरमा उम्मेदवारको टुङ्गो लगाएको छ । गठबन्धनबाट माओवादी केन्द्रले प्रदेश सभा सदस्यका लागि दुई जनाको उम्मेदवार टुंगो लगाएको हो ।
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को (क) मा प्रेम बहादुर पुलामी र क्षेत्र नम्बर २ को (क) मा कुमारी मोक्तानको नाम केन्द्रबाट सिफारिस भएर आएको निवर्तमान बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले जानकारी दिनुभयो । यस अघिको प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार पुलामी र लामा निर्वाचित हुनुभएका थिए ।
