Home मुख्य समाचार हेटौँडाबाट सवारी चालक स्मार्ट कार्ड वितरण सुरु

हेटौँडाबाट सवारी चालक स्मार्ट कार्ड वितरण सुरु

सेवाग्राहीलाई स्मार्ट लाइसेन्स कार्ड वितरण गर्नुहुँदै यातायात व्यवस्था कार्यालय हेटौँडाको सवारी चालक अनुमतिपत्र शाखाका प्रमुख राजु अर्याल ।

हेटौँडा : संघीय सरकारले प्राथमिकतामा राखेको सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड वितरणको कार्य हेटौँडाबाट पनि वितरण सुरु भएको छ । आज (सोमबार) देखि स्मार्ट लाइसेन्स कार्ड वितरण सुरु गरिएको यातायात व्यवस्था कार्यालय हेटौँडाले जनाएको छ ।

यही बैशाख ४ गतेदेखि १० गतेसम्म ६ दिनको अवधिमा नयाँ सवारी चालक अनुमतिपत्र, वर्ग थप र नवीकरण गरी ३ सय ६५ वटा स्मार्ट कार्ड प्राप्त भएपछि आजबाट वितरण सुरु गरिएको यातायात व्यवस्था कार्यालय हेटौँडाको सवारी चालक अनुमतिपत्र शाखाका प्रमुख राजु अर्यालले जानकारी दिनुभयो ।

यातायात व्यवस्था विभागले हुलाकमार्फत लाइसेन्स कार्यालयलाई पठाएको अर्यालले जानकारी दिनुभयो । यसअघि कार्यालयबाटै कर्मचारी यातायात व्यवस्था विभागसम्म पुग्नु पर्ने बाध्यता थियो । यातायात व्यवस्था कार्यालय हेटौँडाबाट नयाँ लाइसेन्स, नवीकरण र वर्ग थप गरी सन् २०२२ को जुलाईदेखि हालसम्म करिब ६० हजार लाइसेन्स प्रिन्ट हुनुपर्ने छ । पुराना सवारी चालक अनुमतिपत्र पनि क्रमशः प्राप्त भएपछि वितरण गरिने कार्यालयले स्पष्ट पारेको छ ।

सेवाग्राहीलाई स्मार्ट लाइसेन्स कार्ड वितरण गर्नुहुँदै यातायात व्यवस्था कार्यालय हेटौँडाको सवारी चालक अनुमतिपत्र शाखाका प्रमुख राजु अर्याल ।

Exit mobile version