Home मुख्य समाचार मकवानपुरमा एमालेको उम्मेदवार टुंगियो

मकवानपुरमा एमालेको उम्मेदवार टुंगियो

हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरमा उम्मदेवारको टुङ्गो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले जिल्लाको प्रतिनिधि सभाको दुई निर्वाचन क्षेत्र र प्रदेश सभाको चार निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको हो ।

एमालेले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना र प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा बागमती प्रदेशका उपसचिव एवम् प्रचार विभाग प्रमुख महेशकुमार बतौलालाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ को (क) मा बागमती प्रदेश सदस्य कमलबहादुर विष्ट र (ख) मा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, क्षेत्र नम्बर २ को (क) मा विष्णु ढकाल र (ख) मा लालबहादुर थापालाई उम्मेदवार बनाएको छ ।

Exit mobile version