गुगल तस्बिर ।

हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

डेंगु संक्रमण पुष्टि हुनेमा ४३ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै मकवानपुरगढी गाउँपालिकाका ७ जनामा र मनहरी गाउँपालिकाका २३ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या २ हजार ७ सय ६४ जना पुगेको छ ।