स्वास्थ्य परिक्षण गराउन नाम लेखाउदै महिला प्रहरी ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा आइतबार महिला प्रहरी कर्मचारीहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन भएको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत् ६७ औं प्रहरी दिवस २०७९ को अवसरमा भएको शिविरमा ७१ जना महिला प्रहरीको स्वास्थ्य परिक्षण गरिएको हो ।

शिविरमा मकवानपुर जिल्लामा कार्यरत ७१ जना महिला प्रहरी कर्मचारीहरुको पाठेघरको मुख (भिआईए)को निःशुल्क परिक्षण तथा औषधी वितरण गरिएको थियो । साथै आवश्यक परामर्श समेत प्रदान गरिएको थियो । शिविरमा नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा प्रवन्धक ममिता श्रेष्ठ, सिनियर स्टाफ नर्स रेनु राई समेतको चिकित्सक टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा, हेटांैडाको सहकार्यमा भएको कार्यक्रममा प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।