हेटौंडाः नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ऋण लगानी २९ करोड ९३ लाख रुपैयाँ रहेको छ । शुक्रबार सहकारीले २२ औं वार्षिक साधारण सभामा संस्थाको प्रगति विवरण सार्वजनिक गरेको छ ।
कार्यक्रममा सहकारीको बचत २९ करोड ४९ लाख ३३ हजार रुपैयाँ रहेको अध्यक्ष मिठाराम दहालले जानकारी दिनुभयो । यस्तै, सहकारीको शेयर पुँजी २ करोड ७७ लाख ९७ हजार रुपैयाँ, जगेडा कोष २ करोड ११ लाख रुपैयाँ रहेको उहाँले बताउनुभयो । सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड १६ लाख रुपैयाँ संचालन मुनाफा गरेको अध्यक्ष दहालले जानकारी दिनुभयो । सहकारीको ३७ करोड १७ लाख रुपैयाँ कूल सम्पत्ति रहेको उल्लेख गरिएको छ ।
नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थामा महिला एक हजार एक सय १ जना र पुरुष एक हजार ४ सय ८६ जना, संस्थागत ४ जना गरी २ हजार ५ सय ९१ जना शेयर सदस्य रहेको छ । सहकारीका अध्यक्ष मिठाराम दहालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।