हेटौंडाः आज शुक्रबार हेटौंडामा २३ जनाले रक्तदान गरेका छन् । हेटौंडा अटोमोबाइल्स एशोसिएशन तथा नाडा अटोमोबाइल्स एशोसिएशनको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२ जना पुरुष र १ जना महिलाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम हेटौंडाको बुद्धचोकमा भएको हो ।