हेटौंडाः केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा जारी उपमेयर कप भलिबल खेल प्रतियोगिता अन्तर्गत आज शुक्रबार ८ खेल हुँदैछ । शुक्रबार पुरुषतर्फ ५ खेल र महिलातर्फ ३ खेल हुने प्रतियोगिताको संयोजक राजु घलेले जानकारी दिनुभयो ।
शुक्रबार हुने महिलातर्फको खेलमा क्वाटरफाइनल प्रवेशका लागि २ नबर वडा र ११ नम्बर वडा, ४ नम्बर वडा र ८ नम्बर र ५ नम्बर वडा र ११ नम्बर भिड्नेछन् । यस्तै पुरुषतर्फ ५ नम्बर वडा र १९ नम्बर, ८ नबर र १६ नम्बर, ५ नम्बर र १७ नम्बर, १ नम्बर र १३ नम्बर र १५ नम्बर र १९ नम्बर वडाबिच खेल हुनेछ ।
प्रतियोगिताको फाइनल आइतबार हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।