हेटौंडाः काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा पहिरोमा पुरिएर एकै परिवारका ३ जानको ज्यान गएको छ । ज्यान गुमाउनेमा गणेशस्थानकी ६५ वर्षीया ठुलिमाया भन्ने लादुलुङ तामाङ, उनको छोरा ४४ वर्षीय निर बहादुर तामाङ र उनको छोरी ४० वर्षीया सावित्री तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
बिहिबार (आज) बिहान साढे १ बजेको समयमा अविरल वर्षासँगै आएको चलाल गणेशस्थान ढुङ्गाखानीको पछाडिको ढिस्को खस्दा निर बहादुर तामाङको ढुङ्गा माटोले बनेको तीन तले कच्ची घर पूर्णरुपमा क्षति भएको छ । पहिरोले पुरी निर बहादुर र सावित्री घटनास्थलमै मृत अवस्था भेटिएको प्रहरीले जनाएको छ । ठूलिमाया पहिरोमा परी गम्भिर घाईते भई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएको र उपचारको बिहान ७ बजेर ४५ मिनेटमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।