रक्तदान गर्दै ।

हेटौंडाः न्यु हातेमालो क्लब बकैयाको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा एक जना महिला र ४९ पुरुषले रक्तदान गरेका हुन् ।

रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । न्यु हातेमालो क्लब बकैयाको अध्यक्ष बरुण कार्कीको सभाध्यक्ष तथा बकैयाँ गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।