हेहेटौंडाः हेटौंडामा फ्रिडम फोरमको आयोजना तथा पत्रकार महासंघ मकवानपुरको समन्वयमा बिहाबारदेखी झुटा समाचार र दुस्प्रचारबारे २ दिने कार्यशाला प्रशिक्षण सुरु भएको छ ।
पत्रकारितामा कुसमाचार र दुस्प्रचारले पार्ने प्रभावबारे जानकारी दिने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो । पत्रकारिता विषयका शिक्षक अस्टिन लिन्डाले सामाजिक सञ्जालबाट खोजेर बुलियन अपरेटरको प्रयोग गरि झुटा समाचार र दुस्प्रचार खोज अभ्यासलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । बारा, मकवानपुर र पर्साका २५ जना सञ्चारकर्मीहरुको कार्यशालामा उपस्थिति थियो ।
झुटा समाचारको उत्पति, उत्प्रेरणा र सामाजिक सञ्जालमा राखिएका सामाग्रीले पार्ने प्रभावका विषयमा कार्यशाला गरिएको फ्रिडम फोरमका मिडिया अनुगमन अधिकृत नानु खड्काले बताउनुभयो । झुटा समाचार सम्प्रेषण बढेको भन्दै न्युनिकरण गर्ने उद्देश्यले उक्त कार्यशाला प्रशिक्षण बिहीबार र शुक्रबारसम्म हुनेछ ।