हेटौंडाः मकवानपुर प्रहरीले एक सय ६० किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका—१८, चनौलि बस्ने ३४ वर्षीय टेक बहादुर गुरुङरहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान ५ बजेको समयमा मकवानपुरको भिमफेदी गाउँपालिका—२ भैंसेस्थित त्रिभुवनराजपथ सडकखण्डमा रहेको प्रहरी चौकी कार्यालयय अगाडि चुनियाँबाट हेटौंडातर्फ आउँदै गरेको बा २० च ६८ नम्बरको कारलाई सुरक्षा जाँच गर्न रोक्न खोज्दा नरोकी फरार भएको थियो ।
प्रहरीले कारलाई फलो गर्दै जाने क्रममा बागझोराबाट नियन्त्रणमा लिई सुरक्षा जाँच गर्दा कारको बिभिन्न भागमा लुकाई छिपाई ल्याएको गाँजा १५ पोका (एक सय ६० किलो) फेला पारेको थियो । गाँजा सहित कार र कार चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।