Home मुख्य समाचार पहिरो खस्दा भीमफेदी–काठमाडौं सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

पहिरो खस्दा भीमफेदी–काठमाडौं सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

फाइल तस्बिर

हेटौंडाः मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ टेगर स्थित सडकखण्डमा पहिरो खस्दा हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

बुधबार बिहान ८ बजे खसेको पहिरोका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।


पहिरो खसेको स्थानमा प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली खटेर पहिरो हटाउन सम्बन्धित निकायसंग समन्वय गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

Exit mobile version