हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा विज्ञान शिक्षक समाज गठन गरिएको छ । शनिबार भएको भेलाले सूर्य्र माविका माध्यमिक तहका विज्ञान शिक्षक मधुसुदन हुमागाईंको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ । विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको प्रमुख आतिथ्य र उपाध्यक्ष भरत पोख्रेल र सचिव सुवास खनालको विशिष्ट आतिथ्यमा भएको भेलामा बाग्मतीका विज्ञान शिक्षकहरूको सहभागिता रहेको थियो । भेला आयोजक समितिका संयोजक मधुसुदन हुमागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
जिल्ला कार्यसमितिका उपाध्यक्ष भरत पोख्रेलले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला अध्यक्ष तथा प्रमुख अतिथि खेमराज लामिछानेले विज्ञान शिक्षक समाजको आवश्यकता र कार्यक्रमको औचित्य प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा सुवास खनालले विज्ञान शिक्षक समाजले पालिकासँग सहकार्य गरेर कामहरू गर्नुपर्नेे बताउनु भयो । बागमती गाउँपालिकाका स्रोत शिक्षक प्रमोद राईले सहजीकरण गर्नुभएको कार्यक्रममा हेटौंडा नगर अध्यक्ष भुपेन्द्र यादव, नगर सचिव सुदर्शन पौडेल, कोषाध्यक्ष रविन्द्र राउत, सहसचिव रितिक यादव लगायतको सहभागिता रहेको थियो ।
नगर समिति अध्यक्ष भुपेन्द्र यादवको संयोजकत्वमा नगर सल्लाहकार राम कुमार श्रेष्ठ र नगर सचिव सुदर्शन पौडेल सदस्य रहनुभएको निवार्चन मण्डलले उपाध्यक्ष सुलोचना गोले, सचिव सागर पाख्रिन, सहसचिव सजेश यादव, कोषाध्यक्ष करिना बल, सहकोषाध्यक्ष रिता सिङ्तान, सदस्यहरूमा विकास राई, दुर्गा महतो, निलम दर्लामी, संजन यादव र दिपेन्द्र यादव रहनुभएको कार्यसमिति गठन गरेको छ ।











