परिषद्को नगर कमिटी गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः नेपाल बुद्धिजीवी परिषद्ले हेटौंडा उपमहानगरपालिकामा पनि पालिकास्तरीय कमिटी गठन गरेको छ । शनिबार हेटौंडामा भएको भेलाले मनोज पोखरेलको अध्यक्षतामा परिषद्को नगर कमिटी गठन गरेको हो ।

परिषद्का मकवानपुर जिल्ला अध्यक्ष मोहनप्रसाद शर्माको अध्यक्षता तथा नेकपा एमालेका नेता रामेश्वर रानाको प्रमुख आतिथ्य भेला भएको हो । भेलाले परिषद्को हेटौंडा उपमहानगर कमिटीको उपाध्यक्षमा प्रेम हमाल, सचिवमा प्रकाश पहाडी, उपसचिवमा डीबी बर्तौला र शिवप्रसाद चौलागाई, कोषाध्यक्षमा श्रृजना शर्मालाई सर्वसम्मत चयन गरेको छ । यस्तै सदस्यमा नारायण कँडेल, रामकुमार ढकाल, सूर्यमान राई, यूगल अर्याल र नविन मिश्र चयन भएका छन् ।

भेलामा नेकपा एमालेकी केन्द्रीय सदस्य भारती पाठक, मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको पनि आतिथ्य रहेको थियो । यसअघि परिषद्ले मकवानपुर जिल्लाका अन्य पालिकामा पनि पालिकास्तरीय कमिटी गठन गरेको छ । राजनीतिक विचार, विमर्श गरी पार्टी नेतृत्वलाई जिम्मेवार बनाउन र सर्वसाधारणमा पार्टीको अवधारणा, योजना र लोकप्रियता अभिवृद्धिका लागि सेतुको भूमिका निर्वाह गर्न नेपाल बुद्धिजीवी परिषद्लाई सक्रिय बनाउने योजना रहेको परिषद्का मकवानपुर जिल्ला अध्यक्ष मोहनप्रसाद शर्माले बताउनुभएको छ ।