Home मुख्य समाचार विद्यार्थीबीच नमूना संयुक्त राष्ट्रसंघीय सभा

विद्यार्थीबीच नमूना संयुक्त राष्ट्रसंघीय सभा

रेजा विष्ट

यूनाइटेड नेसन अन्तर्राष्ट्रिय मञ्चमा रहेका लगभग २०० राष्ट्रहरुको संयुक्त मञ्च हो, जहाँ विश्वव्यापी रुपमा विभिन्न सामाजिक, आर्थिक, सुरक्षा लगायतका अरु थुप्रै समय सान्दर्भिक विषयमा छलफल गरिन्छ । संयुक्त राष्ट्रसंघ विश्वको परिचालक निकाय हो, जसले देशहरूले पालना गर्नुपर्ने कानून तथा नीतिहरू बनाउँछ । नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रमले मुख्यतः वास्तविक राष्ट्रसंघको प्रक्रियालाई अनुकरण गर्दै विश्वका महत्वपूर्ण समस्याहरुलाई समाधान गर्ने प्रयत्न गर्दछ ।

राष्ट्रसंघीय बैठक कार्यक्रम एक शैक्षिक गतिविधि हो, जसमा विद्यार्थीहरूले कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र विभिन्न देशहरूका संयुक्त राष्ट्रसंघको प्रतिनिधिहरूको बारेमा सिक्ने अवसर प्राप्त गर्छन् र वास्तविक संसारका समस्याहरू समाधान गर्ने प्रयासमा लाग्छन् । यो एक वैचारिक कार्यक्रम हो, जसले वास्तविक संयुक्त राष्ट्रसंघको औपचारिक प्रक्रियाहरूको नक्कल गर्दछ र सहभागीहरूलाई विश्वव्यापी मुद्दाहरू र यसको सम्भावित समाधानहरूको निरीक्षण गर्ने मौका दिने समितिहरूलाई पहिचान गर्दछ ।

वार्षिक रुपमा हुने गरेको यो कार्यक्रम वास्तविक संयुक्त राष्ट्रसंघलाई आधार मानेर सम्पन्न हुने यो कार्यक्रममा संयुक्त राष्ट्रसंघमा हुने सम्पूर्ण गतिविधिलाई अनुकरण गरिन्छ । यस कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विद्यार्थीले राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गर्छन् । राष्ट्र संघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दा भिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्वनिर्धारित समस्यामा वृहत छलफल गरेर कार्यक्रमलाई सञ्चालन गरिन्छ ।

नवोदय बाहेक हेटौंडा उपमहानगरपालिकाका अन्य पाँच विद्यालयले नवोदय नमुना संयुक्त राष्ट्र संघ २०७९ मा सहभागिता जनाउँदै छन् । बैठकमा हेटौंडा एकेडेमी, तुलसी मेहर, बालजागृति, मकवानपुर बाल विद्या सदन, ब्रह्मदिक् एकेडेमीले यस कार्यक्रममा सहभागिता जनाएका छन् । शिक्षा हामी सबैका लागि अत्यावश्यक छ । आजको समयमा व्यवहारिक ज्ञानलाई प्राथमिकता दिइरहँदा नवोदयद्वारा आयोजना गरिएको नवोदय नमुना राष्ट्रसंघ कार्यक्रमले पक्कै हामीलाई व्यवहारिकताको पाठ सिकाउने छ । यसले वादविवादको क्षमतालाई वृद्धि गर्दै अनुसन्धान गर्ने क्षमतामा टेवा पुर्याउँछ । यसले आलोचनात्मक सोचलाई वृद्धि गर्दछ साथै बहस, वार्ता र समस्या समाधान गर्ने सीपको पनि अभिवृद्धि गर्छ । जबकि प्रतिनिधिहरूको चिन्तन क्षमतालाई चुनौती दिन्छ ।

संयुक्त राष्ट्रसंघ विश्वको परिचालक निकाय हो र यसले देशहरूले पालना गर्नुपर्ने कानूनहरू बनाउँछ । वास्तवमा, संयुक्त राष्ट्रमा लिइएका धेरैजसो कार्यहरू गैर–बाध्यकारी छन्, देशहरूलाई प्रत्येक संकल्पको पालना गर्न बाध्य पार्न सकिँदैन । संयुक्त राष्ट्रसंघले विभिन्न समितिहरू समावेश गर्दछ । जहाँ प्रतिनिधिहरूले आफ्नो देशको नीतिहरूको प्रतिनिधित्व गर्छन् र आफ्नो देश र विश्वको फाइदाका लागि प्रस्तावहरू वार्ता गर्छन् । यो मोडेल संयुक्त राष्ट्रको नमुनाको रूपमा व्यवहारमा ल्याइएको छ ।

(नवोदय शिशु सदन माविमा १० कक्षामा अध्ययनरत विष्ट नमूना संयुक्त राष्ट्रसंघीय सभामा महासचिवको भूमिका निर्वाह गर्दै हुनुहुन्छ ।)

Exit mobile version