हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तीज नारीहरुको खुसीको पर्व भएको बताउनुभएको छ । तीज नारीको मुक्तिको चार्ड रहेको भन्दै सम्पूर्ण महिलाहरुलाई तीजको शुभकामना दिनुभएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल मकवानपुरले आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना दिनुहँुदै थापाले वर्षभरीको दुःख भुलाउने पर्वको रुपमा तीज रहेको बताउनुभयो । तीज पर्व हिन्दुको मात्र नभई सम्पुर्ण नेपालीको पर्व रहेको बताउनुभयो । महिलाहरुले तीजमा नाचगान गरेर मात्र समय खेर नफाली धर्म संस्कृतिको रक्षा र हस्तान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष थापाले महिलाहरुलाई विकृती विसङ्गती र देखासिकीमा नलाग्न आग्रह गर्दै आगामी दिनमा महिलाको उत्थानको निमित्त अघि बढ्ने बताउनुभयो । नेपाली जनताको सेवामा लागेको ५० वर्ष भएको बताउँदै थापाले मकवानपुरको महिलाबाट धेरै माया पाएको र राष्ट्रिय राजनीतिमा शिर ठाडो पारेर काम गर्न सकेको बताउनुभयो ।