हेटौंडाः हेटौंडा–१० मा रहेको भुटनदेवी भेट्रान्स क्लबलाई फुटबल जर्सी सहयोेग गरिएको छ । बिहिबार मनाङमस्र्र्याङ्दी क्लबका अध्यक्ष मुख्या गुरुङले भुटनदेवी भेट्रान्सलाई फुटबल जर्सी सहयोग गरिएको हो ।
मनाङमस्र्र्याङ्दी क्लबका अध्यक्ष गुरुङले भुटनदेवी भेट्रान्स क्लबका अध्यक्ष राजु विष्टलाई २४ थान फुटबलका जर्सी हस्तान्तरण गर्नुभयो । भदौ १८ गते शनिबारबाट हेटौंडामा हुने राष्ट्रिय भेट्रान्समा सहभागिता हुन जर्सी सहयोग गरिएको हो । अध्यक्ष गुरुङले गत महिनामा सम्पन्न हेटौंडा वन विज्ञान अध्ययन संस्थाको टियु अन्र्तगत टियु फरेष्ट्री गोल्डकप २०७९ का लागि पहिलो राशिको पुरस्कार प्रायोजन गर्नुभएको थियो । सोही अवसरमा टियु फरेष्टी गोल्डकप २०७९ का संयोजक अरुण अधिकारीले अध्यक्ष गुरुङलाई मायाको चिनो प्रदान गर्नुभयो । मायाको चिनो ग्रहण गर्नुहुँदै अध्यक्ष गुरुङले आगामी दिनहरुमा पनि प्रतियोगिता सञ्चालन गर्न आफुले सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।
जर्सी वितरण कार्यक्रममा जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चन, पुर्व राष्ट्रिय खेलाडी रञ्जन विष्ट लगायतको उपस्थिति रहेको थियो ।