हेटौंडाः चितवनको राप्ति नगरपालिकामा भएको रसौली फुटबल कपको उपाधी हेटौंडा फुटबल एकेडेमीले जितेको छ । शनिबार भएको फाइनल खेलमा भरतपुर–९ लाई हराउँदै हेटौंडा फुटबल एकेडेमीले रसौली कपको उपाधी जितेको हो ।
हेटौंडा फुटबल एकेडेमीले भरतपुर–९ लाई सडेनडेथमा पराजित गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा ४–४ गोलको बराबरी खेलको नतिजा सडेनडेथबाट लिएको थियो । सडेनडेथमा हेटौंडा फुटबल एकेडेमीले भरतपुर–९ लाई ६–५ गोल अन्तरले हराएको हो ।
प्रतियोगिताको विजेता बनेसँगै हेटौंडा फुटबल एकेडेमीले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर हेटौंडा फुटबल एकेडेमीका सञ्जीव अर्याल, उत्कृष्ट गोलरक्षक अजय बराल र उत्कृष्ट प्रशिक्षकमा भीम लामा घोषित हुनुभएको छ ।










