हेटौंडाः विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको हेटौँडा नगरपालिकास्तरीय भेला भएको छ । शनिबार हेटौंडा–४ स्थित भुटनदेवी माविमा समाजका जिल्ला उपाध्यक्ष तथा भेला आयोजक समितिका संयोजक भरतप्रसाद पोखरेलको सभाध्यक्षतामा भएको भेलाले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जनज्योति माविका विज्ञान शिक्षक भुपेन्द्र यादवको अध्यक्षतामा सर्वसम्मत नगर समिति चयन भएको छ । समितिको उपाध्यक्षमा स्मृति लम्साल, सचिवमा सुदर्शन पौडेल, सहसचिवमा ऋतिक यादव, कोषाध्यक्षमा रविन्द्र राउत, सहकोषाध्यक्षमा राकेश कुमार लोहार र सदस्यमा विपना खड्का, ईशाहाक राई, अशोक न्यौपाने, निर्मला काफ्ले, ईश्वर रिजाल, रित बहादुर श्रेष्ठ, धनप्रसाद सापकोटा, श्याम उप्रेती र रेश्मा गोले चयन हुनुभएको विज्ञान शिक्षक समाज मकवानपुरका सचिव सुवास खनालले जानकारी दिनुभयो ।
भेलामा जिल्ला अध्यक्ष खेमराज लामिछानेले विज्ञान समाजको भावी कार्यदिशा र कार्यक्रमको उद्देश्य प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा जिल्ला कार्यसमिति सल्लाहकार विनोद गुप्ता, जिल्ला कोषाध्यक्ष मनिल कुमार कर्ण, सहसचिव नितेश ठाकुर, सहकोषाध्यक्ष सुनमाया पाख्रिन सदस्यहरू दिपेन्द्र प्रसाद यादव, मनोज पाठक, रमिता उपाध्याय, देवराज ढुङ्गेल, मधुसुदन हुमागाईँ, प्रविधिमैत्री शिक्षक समाजका जिल्ला अध्यक्ष जीवन तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।