सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टाको अवधिमा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा २५ जनाको पिसीआर विधिबाट र ४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४ जना कारोना संक्रमणमुक्त भएका छन् । अहिले मकवानपुर जिल्लामा हाल कोरोनाका १८ जना सक्रिय संक्रमित रहेका छन् ।