हेटौंडाः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मकवानपुर जिल्ला कमिटीले कोरोना भाइरससँगको सुरक्षाका लागि गुणस्तरीय सामाग्री यथाशिघ्र उपलब्ध गराउन तीनै तहका सरकारसँग अनुरोध समेत गरेको छ । नेकपा मकवानपुरको आज कार्यालय बैठक पछि एक विज्ञप्ति जारी गर्दै नेकपा मकवानपुरले लक डाउनका कारण खान नपाएर कोही कसैलार्ई पनि समस्या हुन नदिन स्थानीय तहबाट एकद्वार प्रणाली मार्फत खाद्यान्न वितरण गर्न अनुरोधसमेत गरेको छ ।
पार्टी जिल्ला कमिटी अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा वैज्ञानिक, व्यवस्थित ढंगले दुरी कायम गरेर मात्र राहत वितरण गर्न अनुरोध गरिएको छ । अहिले खेती लगाउने समय भएकाले किसानलाई आवश्यक पर्ने रासायनिक मल, बीउ बिजन, खाद्य पदार्थ उपलब्ध गराउन स्थानीय तहले सहजीकरण गर्नका लागि पनि नेकपा मकवानपुरले आग्रह गरेको छ । लक डाउनलाई पूर्ण रुपमा पालना गर्न, मितव्ययी बन्न, फारो तिनो गरेर खर्च गर्नु पनि नेकपाले अनुरोध गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले दुईसाता भन्दा बढीको लक डाउनमा नागरिकले घरमै बसेर सरकारलाई सहयोग गरेको, कठिन अवस्थामा पनि अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीप्रति नेकपा मकवानपुरले नागरिकलाई धन्यवाद दिएको छ । आगामी दिनमा पनि लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गर्नका लागि नेकपा मकवानपुरले आग्रह गरेको छ ।
Home मुख्य समाचार तीन तहको सरकारलाई नेकपा मकवानपुरको अनुरोध, “कोरोनाको सुरक्षाका लागि गुणस्तरीय सामग्री उपलब्ध...