हेटौंडाः तामाङ पत्रकार संघ मकवानपुरले तामाङ प्रशारण दिवस मनाउने भएको छ । आज बिहीबार संघका अध्यक्ष जयराम मोक्तानको नेतृत्वमा बसेको बैठकले आगामी भदौ १ गते तामाङ प्रशारण दिवस मनाउने निर्णय गरेको हो ।
दिवसमा जनप्रतिनिधीलाई सम्मान तथा तामाङ पत्रकारसँग जनप्रतिनिधी भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम हुने संघका सचिव सन्देश थिङले जानकारी दिनुभयो । तामाङ पत्रकारहरुको समस्या, चुनौति र अवसरको विषयमा स्थानीय तहको भूमिका रहन्छ भन्ने उद्देश्यले कार्यक्रम हुने उहाँले बताउनुभयो ।











