खाद्यान्न सहयोग गर्दै ।

हेटौंडाः नेपाल अडिटर्स एसोसिएसन (अडान) को १७ औं स्थापना दिवसको अवसरमा बिहीबार बिहान हेटौंडा–१४, मयुरधापस्थित अपाङ बाल पुनर्स्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरिएको छ । अडानको बागमती प्रदेश समिति र मकवानपुर जिल्ला समितिले संयुक्त रुपमा १६ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको हो ।

अडान बागमती प्रदेश समिति अध्यक्ष रामकुमार बर्तौला, केन्द्रीय सदस्य प्रकाश ढकाल, मकवानपुर जिल्ला अध्यक्ष पूर्णमान श्रेष्ठ, प्रदेश समितिका सल्लाहकार सकुल श्रेष्ठसहित समूह पुनर्स्थापना केन्द्रमै पुगेर केन्द्रका अध्यक्ष रामहरि कोइरालालाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो । ६ बोरा चामल, १ बोरा दालसहित खाद्यान्न सामग्री सहयोग गरिएको सल्लाहकार सकुल श्रेष्ठले जानकारी दिनुभएको छ ।