सांकेतिक तस्बिर ।

हेटौंडाः हेटौंडामा असार महिनामा ३० जना किशोरी आमा बनेका छन् । हेटौंडा अस्पतालमा पछिल्लो महिनामा २० वर्षभन्दा कम उमेरका ३० जना किशोरी आमा बनेका अस्पतालका कर्मचारी मेडिकल रेकर्डर रजीव झाले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालमा असार महिनामा २ सय ९८ गर्भवती सुत्केरी भएका छन् । २ सय ६ जना सामान्य अवस्थामा सुत्केरी हुँदा ७७ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । १५ गर्भवतीको जटिल अवस्थाका सुत्केरी गराइएको थियो । १ सय ३२ जना छोरा र १ सय ६६ जना छोरीको जन्म भएको मेडिकल रेकर्डर झाले जानकारी दिनुभयो । असार महिनामा ३० जना गर्भवतीले सुरक्षित गर्भपतन गराएका छन् ।