Home राजनीति हेटौंडामा सरकारविरुद्ध संयुक्त मोर्चाको मसाल जुलुस

हेटौंडामा सरकारविरुद्ध संयुक्त मोर्चाको मसाल जुलुस

संयुक्त मोर्चाको मसाल जुलुस

हेटौंडाः संयुक्त मोर्चा संघर्ष समिति मकवानपुरले हेटौंडामा सरकारविरुद्ध विरोध प्रदर्शन गर्दै मसाल जुलुस निकालेको छ । आइतबार साँझ हेटौंडाको बुद्धचोकमा मोर्चाले सरकार विरुद्ध प्रदर्शन गर्दै मसाल जुलुस निकालेको हो ।

विप्लप नेतृत्वको नेकपा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सन्देश पौडेलले अहिले सरकारको नेतृत्व गरिरहेकाहरुले देश बेच्ने काम गरिरहेको बताउनुभयो । विभिन्न राष्ट्रघाति सम्झौताहरु गरी नेपाली जनताको हित विपरित काम गरिरहेको उहाँले आरोप लगाउनुभयो । एमसीसी, आइपीएस, एसपीपी, नागरिकता विधेयक जस्ता राष्ट्रघाति सम्झौता गरेर देशलाई विदेशीको हातमा सुम्पिदिने जस्ता काम अहिलेको सरकारले गरिरहेको उहाँले बताउनुभयो । अब नेपाली जनताको अधिकार विदेशीले खोस्ने बेला आउने भन्दै उहाँले विप्लप शान्ति सम्झौतामा आएर विभिन्न सम्झौता भइसक्दा पनि आफ्ना कार्यकर्ताहरु अझै नछुटाएकोमा आपत्ति जनाउनुभयो । उहाँले उनीहरुको तत्काल रिहाईको माग गर्नुभयो । यदि मागको सम्बोधन नभएमा आफुहरुले सशक्त आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो ।

यस्तै विरोध सभालाई सम्बोधन गर्नुहुँदै नेकपा माले मकवानपुर जिल्ला सदस्य कृष्ण प्रसाद दाहालले अहिलेको सरकारले देश बेच्ने काम गरिरहेको र त्यसलाई नेपाली जनताले रोक्नुपर्ने बताउनुभयो । उहाँले आफुहरुले अहिले देश बचाउन बाध्यताले सडक आन्दोलन उत्रिएको र त्यसमा सबै जनताले साथ दिनुपर्ने धारणा राख्नुभयो ।

Exit mobile version