Home मुख्य समाचार क्लासिक टेकको इन्टरनेट टिभी ३ वर्ष निःशुल्क

क्लासिक टेकको इन्टरनेट टिभी ३ वर्ष निःशुल्क

हेटौँडा : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ । एक वर्षका लागि इन्टरनेट र टिभी जोड्दा ४ वर्षसम्म चलाउन पाइने कम्पनीले नयाँ अफर ल्याएको हो ।

कम्पनिका अनुसार ग्राहकहरूले ३०० एमबिपीएसको इन्टरनेट र आइपी टिभी जडानमा ४ वर्षसम्म आइपी टिभी सेवाका साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क पाउने छन् । प्रतिदिनको मात्र रु ४० को दरले यो अफरमा वार्षिक जडान गर्न सकिन कम्पनिले जनाएको छ । यसैगरी प्रतिमहिना ५०० रुपैयाँ पर्न आउने एचडि तथा एसडि प्रिमियम टिभी च्यानलमा पनि कम्पनीले अफर ल्याएको छ । जस अनुसार प्रतिमहिना मात्र २०३ रुपैयाँ शुल्क रहेको छ । यसबाट कुल ३ वर्ष टिभी बोनसमा ग्राहकलाई ७ हजार ३ सय २२ फाइदा हुने कम्पनीले जनाएको छ । ग्राहकको तिव्र आवश्यकतालाई मध्यनजर गरी १ वर्ष इन्टरनेट तथा आइपी टिभी जडानमा ३ बर्षे निशुल्क आइपी टिभी सेवा अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ ।

Exit mobile version