Home राजनीति नागरिकता विधेयक फिर्ता गर्न माग राख्दै हेटौंडाका युवाहरु सडकमा

नागरिकता विधेयक फिर्ता गर्न माग राख्दै हेटौंडाका युवाहरु सडकमा

विरोध प्रदर्शन

हेटौंडाः नागरिकता विधेयक फिर्ता गर्न माग गर्दै हेटौंडामा स्वतन्त्र युवाहरु (नेपाली जनता समूह)ले सडकमा विरोध प्रदर्शन गरेको छ । आइतबार साँझ हेटौंडाको बुद्ध चोकमा जम्मा भई नेपाली जनता समूहले नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्नु हुँदै नेपाली जनता समूहका संगित श्रेष्ठले नागरिकता विधेयक फिर्ता हुुनुपर्ने बताउनुभयो । श्रेष्ठले नागरिकता विधेयक पारित भएसके पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुनु बाँकी रहेको र प्रमाणीकरण हुन नदिनबाट रोक्नुपर्ने बताउनुभयो । उहाँले नागरिकता विधेयक जनताको भावना विपरित रहेको धारणा राख्नुभयो । सबै जनता मिलेर नागरिकता विधेयकलाई रोक्नुपर्ने उहाँको भनाई छ । नागरिकता विधेयक फिर्ता नभएसम्म समूहले नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शनका कार्यक्रमहरुलाई अगाडी बढाइरहने उहाँले जानकारी दिनुभयो । विरोध प्रदर्शनमा सहभागी समूहले “नागरिक विद्येयक चाहिँदैन, नागरिकता बेच्न पाइदैन” र “किन राखेनौ समय सिमा, कतिमा बेच्यौ आफ्नो आमा” जस्ता नारा लगाएका थिए ।

Exit mobile version