सहयोग रकमको चेक हस्तान्तरण गर्दै लक्ष्मी बैंकको हेटौंडा शाखाका प्रमुख भुवन कोइराला ।

हेटौंडाः बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आज बैंक र सहकारीहरुले आर्थिक सहयोग गरेका छन् । आज लक्ष्मी बैंक र सिभिल बैंक तथा मकवानपुर जिल्लाका विभिन्न सहकारी संघका प्रतिनिधिहरुले मुख्यमन्त्री निवास चौकीटोल हाईटमा पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग रकमको चेक हस्तान्तरण गर्दै सिभिल बैंक हेटौंडा शाखाकी लक्ष्मी आचार्य ।

लक्ष्मी बैंकका हेटौंडा शाखा प्रमुख भुवन कोइरालाले १० लाख र सिभिल बैंकका हेटौंडा शाखाकी लक्ष्मी आचार्यले ५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । यस्तै मकवानपुर जिल्लाका विभिन्न सहकारी संघहरुले पनि उपचार कोषमा रकम सहयोग गरेको छ । जिल्ला सहकारी सं मकवानपुरका अध्यक्ष एवम राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्य नारायण देवकोटाको नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई रकम हस्तान्तरण गरेको हो ।

सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण देवकोटा ।

मकवानपुर जिल्ला सहकारी संघबाट ५० हजार, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघबाट १ लाख १ हजार, मकवानपुर बचत तथा ऋण सहकारी संघबाट १ लाख १ हजार, मकवानपुर बहुउद्देश्यीय सहकारी संघबाट २५ हजार र मकवानपुर कृषि सहकारीबाट २५ हजार गरी जम्मा ३ लाख २ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।