Home मुख्य समाचार जिल्ला समन्वय समिति मकवानपुरको बैठक बस्दै

जिल्ला समन्वय समिति मकवानपुरको बैठक बस्दै

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लक डाउनको समयमा जिल्लाका पालिकाहरुको हालको अवस्था र आगामी योजनाको विषयमा छलफल गर्न जिल्ला समन्वय समिति मकवानपुरको बैठक आज बस्दैछ । जिल्लाका सबै पालिकाले के कसरी काम गरिरहेको छ भनेर जान्न र आवश्यकताअनुसार थप सहजीकरणका लागि बैठक डाकिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।
प्रमुख खुलालले जिल्ला समन्वय समितिलाई प्राप्त भएका राहत पनि पालिकाहरुलाई हस्तान्तरण गरिने बताउनुभयो । उद्योग परिसंघ नेपालको बागमती प्रदेश समितिले शुक्रबार बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको राहत सामग्री बागमती प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई उपलब्ध गराएकोले उक्त राहत सामग्री प्रदेशको जिल्ला र मकवानपुर जिल्लाकै स्थानीय तहलाई पनि के कति वितरण गर्ने भन्ने आज तय गरिने बताइएको छ । उद्योग परिसंघ नेपालको बागमती प्रदेश समितिले उद्योग संघ मकवानपुरसँगको समन्वयमा शुक्रबार एक हजार प्याकेट राहत सामग्री उपलब्ध गराएको छ ।

Exit mobile version