रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी बसामाडी उपशाखा र बस्तिपुर जेसिजको संयुक्त आयोजनामा ५६औं रक्तसंचार दिवसको अवसरमा बस्तिपुरमा रक्तदान कार्यक्रम भएको छ । बिहीबार बिहान भएको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री सन्त बहादुर चेपाङको प्रमुख आतिथ्य तथा रेडक्रस मकवानपुरका मन्त्री खेमराज सापकोटाको विशिष्ट आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।