हेटौंडाः प्रेस युनियनको अध्यक्षमा शिव लम्सालले अग्रता बढाउनु भएको छ । आइतबार दिउँसो ९ सय ६० मत गणना हुँदा लम्सालको मत ५ सय १८ रहेको थियो भने विन्दुको मत ४ सय १८ रहेको थियो ।

१ हजार ६ सय मतदातामध्ये १ हजार २ सय ९३ मत खसेको छ । अध्यक्ष र पदाधिकारीको मतगणनापछि सदस्यहरुको मतगणना हुनेछ । एक उपाध्यक्ष, तीन सचिव र केही सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । युनियनको महाधिवेशनबाट ३ वर्षे कार्यकालका लागि शनिबार हेटौंडामा मतदान भएको थियो ।