हेटौंडाः बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले दशौँ अधिवेशनको २६ औँ बैठक आज बस्ने निर्णय गरेको हो ।
आजको बैठकमा बागमती प्रदेश सभाको असार २९ गते बसेको बैठकबाट स्वीकृत भएको ५ वटा अध्यादेशहरु प्रदेश सभा नियमावली, २०७४ को नियम ९८ र १०३ बमोजिम दर्ता भएका प्रतिस्थापन विधेयकहरु सभामा टेबुल हुने बागमती प्रदेश सभा सचिवालयका अधिकृत सुन्दर पन्तले जानकारी दिनुभयो । बैठक आज दिउँसो १ बजे बस्दैछ ।