हेटौंडाः हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । प्रणामी व्यवसायी संघ मकवानपुरको स्थापना दिवसको अवसरमा वृहत रक्तदान तथा सम्मान कार्यक्रम भएको रक्त सञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष सुरु भएसँगै मंगलबार पहिलो पटक रक्तदान कार्यक्रम भएको हो ।











