हेटौंडाः बागमती प्रदेशसभाको बैठक साउन ५ गते बिहीबार बस्ने भएको छ । बागमती प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले दशौँ अधिवेशनको २६ औँ बैठक बस्ने निर्णय गरेको हो ।
बिहीबार दिउँसो १ बजे बैठक बस्ने बागमती प्रदेश सभा सचिवालयले सूचना जारी गरी जानकारी दिएको छ । सचिवालयले सूचना मार्फत् प्रदेश सभाका सदस्यहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।
