Home राजनीति अनेरास्ववियु उपमहानगरपालिका कमिटीमा नवराज

अनेरास्ववियु उपमहानगरपालिका कमिटीमा नवराज

उपमहानगरपालिका कमिटीका नवनिर्वाचित अध्यक्ष नवराज पौडेल

हेटौंडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा उपमहानगरपालिका कमिटीमा नवराज पौडेल सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार कमिटीको प्रथम सम्मेलनबाट पौडेलको नेतृत्वमा ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा सिद्धान्त पुडासैनी, सचिवमा सागर गौतम, सहसचिवहरुमा मिलन गोङ्वा, प्रकृति अर्याल, आदर्श पौडेल र कोषाध्यक्षमा सन्देश गौतमलाई चयन गरिएको छ । अन्य ३० जना सदस्यहरु सर्वसम्मत चयन भएका छन् । कार्यक्रममा नगर कमिटीका पूर्व अध्यक्षहरु ईश्वर ढुङ्गाना, रिपेश दाहाल, शेखर थापलिया, शिवहरी दाहाल, सन्तोष पौडेल र कुमार केसीलाई कदर पत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रम नगर कमिटीका संयोजक नवराज पौडेलको सभाध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय कमिटीका महासचिव समीर बडालको प्रमुख आतिथ्यमा भएको हो ।

Exit mobile version