लागुऔषधसहित पक्राउ परेका सुनार ।

हेटौंडाः हेटौंडा ४ हुप्रचौरबाट लागु औषधसहित प्रबिन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा ४ हुप्रचौरमा शंकास्पद अवस्थामा बसिरहेका सुनारलाई सुरक्षाजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

हेटौंडा ४ हुप्रचौर बस्ने २० वर्षीय सुनारलाई प्रहरीले लागुऔषध डाईजेपाम ४ एम्पुलसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।