Home कला मेरो दबेको आवाज

मेरो दबेको आवाज

कृशाङ्गी अर्याल

मलाई बोल्न बन्देज गरिएको छ आज ।
किन यस समाज दुष्ट भयो मेरो दृष्टिकोणको माझ ।
आखिर म यो सुश्रीको रुपमा जन्मिएर गल्ती नै भएको हो त ?
के साँच्चै अब म त्यस बन्देज कोठामा बस्नु पर्ने हो त ?

मेरो आवाज दबिएको छ आज । बोल्न खोज्छु, मुख आफै लगलग काम्दै बन्द हुन्छ अनि बोल्ने प्रयास लाखौं लाख साधना पनि गर्छु तर अस्वीकार हुन्छ । सदाका मित्रहरु आज वैरि र दुस्मन बनेका छन् । अनि मित्रताको भाव गाँस्न खोजी आफ्ना सुकोमल हातहरु अघि बढाउँदा अनुहारमा ती क्रुर एसिडका थोपाहरुले भिन्न दुखाई जसलाई शब्दमा बयान गर्न सकिँदैन, हो त्यसकै महसुस हुन्छ ।

अगाडि बढ्ने हातहरु आज लगलग कापिरहेको, दुःखको भकारी भोगिरहेको अनि मेरो स्वतन्त्र रुपको माथि प्रश्न उब्जिरहेको दुःखको महसुस मैले गरेको छु आज । आफ्नै जन्मघरले देखीसहँदैन मलाई, कर्मथलोमा भिन्न प्रकोपका साथ गलत सावित गराइदिन्छन् मलाई अनि अघि बढ्न प¥यो भने कापेका खुट्टाहरु विस्तारै चलाउँदा लडाइदिन्छन् मलाई ।

सायद यस संसारले खोजेको भन्दा फरक छ बाटो मैले रोजेको, सङ्घर्षको मैदान फरक होला मैले चालेको अनि काँडाका स्पर्श कडक होला मैले टेकेको । तर जति जे जे गर्दा पनि आखिर किन यस्तो भिन्नता ? मेरो घाँटीमा प्रश्नदायी शब्दहरु सधैं त्यहाँबाट नै दबिन्छन्, अनि कहिले बोलीको रुपमा आउँलान् त त्यी शब्दहरु ? यस सृजना गर्नुभन्दा पहिले यसै बारेमा लाखौं चोटि सोचे मैले अनि म बोल्न नसकेपनि लेख्न त सक्छु कि भनेर शब्दहरु कोर्ने प्रयासमा छु ।

आफ्नै देशलाई लुटेर आफ्नै आमाको रगत सेवन गर्नुभएका यस देशका महानुभावलाई दबाउनु पर्दा आज भविष्यको एक एक गरी गन्ने हो भने लाखौं आमाको आवाज दबिएको छ यहाँ । कति चाहिँ प्रश्न गर्नु जबकि उत्तर नै आउँदैन भने …..प्रश्नका भकारी मेरो मनमा खाँदिएर मात्र बसेको छ । जीवित मानिस जो निर्दाेष छ, ऊ आज आफ्नै भावनाबाट पनि तड्पिरहेको छ अनि सृजना र सृष्टि असन्तुष्ट गतिमा हराइरहेको छ । आवाज दबेकै कारण यस शब्द कोरे । त्यहाँ अन्धकारको मझेरीमा म ढलेँ अनि अब त हार खाई क्षितिज पारीको जूनको वस्तीमा पुगेँ ।

(बालजागृति इङ्लिस सेकेन्डरी स्कुल, कक्षा–९)

Exit mobile version