दुर्घटनाग्रस्त ट्याक्टर । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ स्थित धरान चतरा सडकखण्डमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १० मा पढ्ने अन्दाजी १६–१७ वर्षीय विद्यार्थी रहेको जनाइएको छ ।

आइतबार दिउँदो ४ बजेर ३० मिनेटको समयमा बागमती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना ६ त ८०७३ नम्बरको ट्याक्टर सडकबाट पल्टेर दुर्घटना हुँदा ट्याक्टरमा सवार २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । दुर्घटना हुँदा ६–७ जना गम्भीर घाइते भएको र उपचारका लागि एम्बुलेन्समा हेटौंडा अस्पताल ल्याइरहेको कार्कीले बताउनुभयो ।