कविता वाचन गर्दै तीर्थ श्रेष्ठ ।

हेटौंडाः शनिबार हेटौंडामा तीर्थ श्रेष्ठको एकल कविता साँझ कार्यक्रम भएको छ । नेपाली लेखक संघ मकवानपुरको आयोजनामा श्रेष्ठको एकल कविता साँझ कार्यक्रम भएको हो ।

कार्यक्रममा श्रेष्ठले अहिलेको परिवेशमा आफूले भोगेको र देखेको समसामयिक विषयमा कविता, गजल र मुक्तक वाचन गर्नुभयो । “लाहुरे फुल”, “अन्नपूर्ण”, “पागलहरु छन् चुपचाप”, “आमा” लगायत शिर्षकका एक दर्जनभन्दा बढी कविता, गजल र मुक्तक वाचन गर्नुभयो । नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि आनित्यको सभाध्यक्ष तथा वरिष्ठ कवि तुलसी थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, वरिष्ठ हाँस्यव्यङ्ग्यकार आरसी रिजाल लगायतको उपस्थिति रहेको थियो ।