हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले गाउँपालिकाका दुग्ध उत्पादक संस्था र किसानलाई पुरस्कृत गरेको छ । बुधबार गाउँपालिकाले एक कार्यक्रम गरि उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ ।

गाउँपालिकाले धेरै दुग्ध संकलन गरेको हातिसुडेँ दुग्ध उत्पादक सहकारी संस्थालाई २५ हजार नगद प्रदान गरिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जाकारी दिनुभयो । यस्तै गाउँपालिकाले उत्कृष्ट तिनजना किसानलाई पुरस्कार वितरण गरेको छ । गाउँपालिकाले प्रथम हुने वडा–७ का याङ्क प्रसाद फुयाललाई १५ हजार प्रदान गरिएको छ । यस्तै द्वितीय हुने बकैया–४ छतिवनका दुध बहादुर राई र तृतिय हुने निर्मला बन्जरालाई क्रमस १२ हजार र ९ हजार प्रदान गरिएको लामिछानेले बताउनुभयो । पालिकाका किसानलाई दुग्ध उत्पादनमा पोत्साहन गर्दै प्रति लिटर १ रुपैयाको दरले बोनस वितरण गरेको लामिछानेले बताउनुभयो ।