Home मुख्य समाचार हाजिरी जवाफमा बालजागृति प्रथम

हाजिरी जवाफमा बालजागृति प्रथम

हेटौंडाः मंगलबार हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा बालजागृति बोर्डिङ स्कुल प्रथम भएको छ । प्रतियोगितामा समूह जे नामकरण गरिएको बालजागृति बोर्डिङ स्कुल प्रथम हुन सफल भएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो ।

यसैगरी आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडा—४ द्वितीय, ब्रहाम्दिक एकेडेमी हेटौंडा—४ तृतीय र वंशगोपल माध्यामिक विद्यालय हेटौंडा—६ सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरुलाई क्रमशः १५ हजार, ९ हजार, ६ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको अधिकृत खड्काले जानकारी दिनुभयो ।

Exit mobile version